‘कीर्तिपुरलाई साइकलमैत्री सभ्य सहर बनाऔँ’ « Khabarhub

‘कीर्तिपुरलाई साइकलमैत्री सभ्य सहर बनाऔँ’



कीर्तिपुर साइकल घोषणापत्र २०७९ तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्नको लागि जो राजनीतिक दलका उम्मेद्वारहरु जितेर आए पनि यसलाई पुरा गर्नको लागि तीव्र इच्छा शक्तिका साथ लाग्नु पर्दछ ।

कीर्तिपुर एउटा त्रिभुवन विश्वविद्यालय रहेको ठाउँ हो । जहाँ आम विद्यार्थीहरुले कीर्तिपुरको इतिहास पढ्दै आएका छन् । कीर्तिपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित रहेको ठाउँ हो । तर त्यसको सही रुपले संरक्षण भएको छ कि छैन ?

हामी कीर्तिपुरलाई एउटा साँच्चै राज्यको उच्च विश्वविद्यालय त्यहाँ छ भनेर त्यो गौर बको विषय बनाउँछौँ । स्वच्छ, स्वस्थ्य र समृद्ध कीर्तिपुर बनाउन साइकल यात्री र पैदल यात्रीहरूको सुरक्षाको लागि सडक व्यवस्थित हुनुपर्छ । अहिले हेर्ने हो भने सडक जति नै चौडा बनाए पनि मानिसलाई हिँड्न समस्या छ । दायाँ बायाँ पार्किङ छ । छेउ–छेउमा फूटपाटको व्यापार छ ।

यी कुरालाई व्यवस्थापन गर्नको लागि हामीले पार्किङ व्यवस्थापन गर्ने र मुल सडकमा पार्किङसहितको घरहरु विज्ञहरूको सल्लाह र सुझाव लिएर बनाउनुपर्छ । म बाग्मती प्रदेशको स्काउट प्रमुख भएको कारणले ट्राफिकसँग सहकार्य गरेर काम गर्दा सडक सम्बन्धी मानिसमा जुन सचेतना गरायौँ त्यो व्यवहारमा प्रयोग गर्यौ कि गरेनौँ ?

त्यसकारण अब अनुशासित हुनुपर्‍यो । यसमा हामीले सबैको सल्लाह र सह–अस्तित्व लिएर अगाडि बढ्नुपर्छ । कीर्तिपुरको सवालमा जुन पुराना बस्तीहरू छन् । तिनलाई व्यवस्थित गर्नको लागि ती सडकहरूलाई चाप कम गर्नको लागि विज्ञहरूको सल्लाह अनुसार वैकल्पिक सडकको विकास गर्नु पर्ने देखिन्छ ।

नयाँ बस्ती विकास भएको ठाउँमा सडकको विकास गर्दा खेरी पैदल यात्री साइकल यात्रीदेखि लिएर अपाङ्गतामैत्री फुटपाथको पनि विकासमा विशेष ध्यान दिनुपर्छ । हामीले कीर्तिपुरमा नयाँ बस्ती निर्माण गर्ने क्रममा सडकको भौतिक पूर्वाधारहरू पूर्ण रूपमा लागू हुने गरी साइकल लेन पनि व्यवस्थापन गर्नुपर्छ । अहिले साइकल लेन छ । तर त्यहाँ पार्किङ छ । त्यसको निगरानी स्थानीय सरकार र नगर प्रहरीले गर्नुपर्छ । पार्किङको विकल्प खोज्नु पर्दछ ।

सडकमा ट्राफिक लाइट छन् । त्यसको सही तरिकाले सबैले लागू गर्ने गरी एउटा अनुशासित बनाउने काममा हामी राजनीतिक दलहरू लाग्नु पर्छ । त्यसो गर्दा दोषीलाई कारबाही गर्नुपर्छ । सीसीटीभीको पनि राम्रोसँग निर्माण गर्नुपर्छ ।

कीर्तिपुरलाई स्वच्छ र स्वस्थ्य बनाउनको लागि वातावरणमैत्री बनाउन हामीले सार्वजनिक साधनहरुलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्छ । जनताले सार्वजनिक यातायातमा चढ्दा सही समयमा सही ठाउँमा पुग्छु भन्ने भयो भने चल्छ । त्यसको लागि कीर्तिपुर नगरपालिकासँगै सडक ट्राफिकसँग र नजिकको नगरपालिकासँग पनि सहकार्य गर्नुपर्छ ।

म सामाजिक अभियानमा लाग्दै गरेको पात्र भएकाले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्छु । कीर्तिपुरलाई स्वस्थ्य, वातावरणमैत्री बनाउनको लागि साइकल यात्रीहरुको साथ र सल्लाह लिएर कीर्तिपुरलाई सभ्य र समृद्ध बनाउन हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : १० बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन