राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी « Khabarhub

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफू विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए ।

मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले बताए । बाढीपहिराले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

 मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको  बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताए । उनले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताए । सामाजिक उत्थानको बजेटबारे  आज भोलिमा निर्णय हुने उनले जानकारी दिए । 

मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उनले बताए । त्यस्तै सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको मन्त्री चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ५ : ४८ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी