फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने « Khabarhub

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ ।

कन्क्लेभ ब्राण्ड वर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबार हुन लागेको हो । कोभिड १९ पछि नेपालीहरु डिजीटल प्रविधीका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशनतर्फ फड्को मारिरहेको कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको हो ।

कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ ।
कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्‍याएको छ। सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८-२००९ को आर्थिक संकटको भन्दा दुई गुणा बढी संकुचित भएको छ ।

तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा तीव्र गतिमा फस्टाएको छ । कोभिड संकटकै बिचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गरेको छ । कृषि, यातायात, स्वास्थ्य, पर्यटन, शिक्षा जस्ता धेरै परम्परागत व्यवसायहरुमा यी डिजिटल प्लेटफर्महरु र व्यापार मोडलहरुको एकीकरणको साथ उद्योगहरुले हालैका वर्षहरुमा सबै कुराको डिजिटइजेशनमा वृद्धि भएको देखिन्छ ।

कोभिड १९ पछि नेपालीहरू पनि डिजीटल प्रविधीका अनेकौँ आयाम जस्तै इ(कमर्श, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजीटाइजेशन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रूपमा स्थापित हुँदै जान थालेको छ । अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डोर्‍याइरहेको छ । परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रूपान्तरण गर्दै लगिरहेका छन् ।

कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभव समेत गराएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ । घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत भुक्तानी गर्ने लगायत नयाँ सेवाहरुमा नेपालीहरु अभ्यस्त भइसकेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेशनमा रूपान्तरण हुँदै गएको छ ।

नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिसरप्सन भइरहेको छ । यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ ।

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावनारु’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ रु’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको सहभागिता रहनेछ ।

कन्क्लेभमा भिसाको दक्षिण एसिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा कि-नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ ।

यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाईन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रूपमा भिसा रहेको छ । डिजीटल इकोनोमीका बारेमा आयोजन गरिएको कन्क्लेभको दोस्रो सस्करणले आम नेपालीका लागी विशिष्ट महत्व राख्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ६ : ०७ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र