सप्तरीमा बाढी कृत्रिम घटनाको अभ्यास « Khabarhub

सप्तरीमा बाढी कृत्रिम घटनाको अभ्यास


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीको राजविराजमा बाढी कृत्रिम घटनाको अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा राजविराज ६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । 

बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ ।

अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका४ स्थित रामपुरामा सप्तकोसी नदीको भङ्गालो पसेर आएको बाढीको दृश्य देखाइएको थियो ।

बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन र उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित भएको थियो । सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत बाढीमा डुबानमा परेका व्यक्तिलाई झण्डै आधा घण्टासम्मको प्रयासपछि बाहिर निकालेर प्राथमिक उपचारपश्चात् एम्बुलेन्सबाट अस्पताल पठाएको थियो ।

घाइतेलाई नदीबाट उद्धार गरी बाहिर निकालिसकेपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर पनि अभ्यासका क्रममा देखाइएको थियो । गोताखोरको टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान सम्मिलित थिए ।

घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई प्राथमिक उपचार टोलीले प्राथमिक उपचार सेवा प्रदान गरी नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सद्वारा नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । बाढीको कृत्रिम घटना अभ्यासमा सरोकारवाला निकायको सहभागिता रह्यो ।

उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष झैँ यस वर्ष पनि बाढी कृत्रिम घटना अभ्यास गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

प्रजिअ गौतमले यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुने विश्वास व्यक्त गर्दै मनसुन सक्रिय हुन लागेको र बाढी आएमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको बताए ।

कार्यक्रममा श्री नम्बर २७ वाहिनीका वाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङले यदि गाउँमा बाढी पसेमा सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्नसक्ने तयारी अवस्थामा रहेको विश्वास व्यक्त गरे । 

विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्वअभ्यास गराइएको गुरुङले बताए । उनले वर्षाको मौसम नजिकिएकाले नदी आसपासका बस्तीका बासिन्दालाई सर्तक रहन आग्रह गरे ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाइएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना मनसुन पूर्वतयारी कार्ययोजना अनुसार सोको प्रभावकारिताका लागि कृत्रिम अभ्यास गरिएको बरख दल गणका गणपति दुर्गाबहादुर थापाले जानकारी दिए ।

बाढीको कृत्रिम घटनाको अभ्यास कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख इसरत परविन, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, नेपाल रेडक्रस सोसाइटीका सभापति योगेन्द्र भगत, कोसीपीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, राजविराज ६ का वडाध्यक्ष शशि चौधरीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : २० बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज