अविरल वर्षाका कारण बद्रीनाथ राजमार्ग अवरुद्ध « Khabarhub

अविरल वर्षाका कारण बद्रीनाथ राजमार्ग अवरुद्ध


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढी र पहिरोका कारण भारत उत्तराखण्डको बद्रीनाथ राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा बाढी र पहिरोसहित विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको हो ।

स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन् ।

अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको पाँचपुलिया नजिकैको बद्रीनाथ मार्गमा पहाडबाट ढुङ्गा खसेपछि यातायात अवरुद्ध भएको थियो ।

हनुमानचट्टी नजिक ढुङ्गा खस्दा र लाम्बागाड नालामा पानी बढेपछि त्यस दिनको सवारी आवागमन केही घण्टाअघि मात्र ठप्प भएको थियो ।

अलकनन्दा नदीको किनारमा अवस्थित भगवान् विष्णुको पवित्र धाम बद्रीनाथमा वर्सेनि धेरै श्रद्धालु तीर्थयात्री पूजार्चनाका निम्ति जाने गरेका छन् । बद्रीनाथसहित यमुनोत्री, गङ्गोत्री र केदारनाथ पवित्र चारधाम मानिन्छन् । वर्षको छ महिनामात्र बद्रीनाथ धाम खुला हुने गरको छ ।

बद्री–केदार मन्दिर समितिले असार ४ गते दिएको जानकारी अनुसार बद्रीनाथमा सात लाख ६० हजारभन्दा बढी र केदारनाथमा सात लाख २७ हजार, गङ्गोत्रीमा तीन लाख ८४ हजार, यमुनोत्रीमा दुई लाख ९४ हजारले दर्शन गरेका थिए । यो वर्षको तीर्थयात्राका क्रममा हालसम्म ९१ जनाको ज्यान गएको छ ।

यो वर्ष १० लाख तीर्थयात्रीले यात्राका निम्ति सरकारसँग अनुमति लिएका थिए । यति धेरै सङ्ख्यामा तीर्थयात्रीले स्थानीय प्रशासनसँग अनुमति लिएर नयाँ कीर्तिमान कायम गरेका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ४८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक