श्रीलङ्काले इन्धन कटौती गर्ने « Khabarhub

श्रीलङ्काले इन्धन कटौती गर्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।

श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले यसबारे जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।

बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।

मन्त्री विजकेसरीले त्यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिएका हुन् ।

उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन् ।

चरम आर्थिक संकट एवम् विदेशी मुद्राको अभावका काण श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको चरम अभाव देखिएको छ । जसका कारण इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ५२ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी