राजनीतिबाट सन्यास लिएर आनन्दले बस्न योगेश भट्टराईको माधव नेपाललाई सुझाव « Khabarhub

राजनीतिबाट सन्यास लिएर आनन्दले बस्न योगेश भट्टराईको माधव नेपाललाई सुझाव


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले माधवकुमार नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकाले सन्यास लिन सुझाव दिएका हुन् ।

नेता भट्टराईले राजनीतिबाट सन्यास लिने बेलामा अर्को पार्टी बनाउँदै हिँड्नुको कुनै तुक नभएको र आफूले गरेका गल्तीहरूलाई सुधारेर नयाँ पुस्तालाई राजनीति र मुलुक सुम्पेर आनन्दले बस्न पनि अध्यक्ष नेपाललाई सुझाव दिए ।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो, माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोडेर बस्ने होइन,’ उनले भने ।

अध्यक्ष नेपालले यसअघि एक भाषणमा ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए । त्यसबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : १८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र