नेकपा समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक असार १३ गते बस्ने « Khabarhub

नेकपा समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक असार १३ गते बस्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक यही असार १३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए .

त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ ।

मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : २८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा