‘मेडिसिटी यसरी अन्तर्राष्ट्रियस्तरको अस्पताल बन्यो’ | Khabarhub Khabarhub

‘मेडिसिटी यसरी अन्तर्राष्ट्रियस्तरको अस्पताल बन्यो’



पछिल्लो समय मेडिसिटी अस्पताल नेपालकै अत्याधुनिक र व्यवस्थित अस्पतालका रुपमा परिचित छ। यो अस्पतालको व्यवस्थापन र अत्याधुनिक उपकरणका कारण धेरै भीआईपी व्यक्तिको उपचार मेडिसिटीमा हुने गरेको छ। एकपछि अर्को गरेर नाम र चर्चा कमाउँदै आएको मेडिसिटीले पछिल्लो समय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको अस्पतालका रुपमा पनि चिनिएको छ। यसै सन्दर्भमा खबरहबका लागि विना न्यौपानेले मेडिसिटीका फेसिलिटी म्यानेजर नगेन्द्र तिमल्सिनासँग गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा नै पहिलो पटक मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सम्बन्धन पाएको छ, अन्तर्राष्ट्रिय सम्बन्धन पाउन कसरी सम्भव भयो ?
जोइन कमिसन इन्टरनेश्नलको स्टान्डर्ड फलो गर्ने, आइसओको स्टान्डर्ड फलो गर्ने, इन्डियन क्वालिटी काउन्सिल अफ स्टान्डर्ड फलो गर्ने पहिलो अस्पताल मेडिसिटी हो। त्यसका लागि हेल्थ केयर इन्स्टिच्युसनले कस्तो मापदण्ड पुरा गर्ने भनिएको हुन्छ, त्यसको मापदण्ड ८० प्रतिशत हामीले पुरा गरेबापत उनीहरूले हामीलाई दिइने सर्टिफिकेट हो। सन् २०१९ देखि यो मान्यता हामीले निरन्तर पाएका छौँ। त्यसैले हेर्ने भनेको सबै बिरामीको सुरक्षाको अवस्था, हस्पिटलको गुणस्तरमा सुधार, बिरामीहरूमा हस्पिटल भित्र हुने इन्फेक्सनको व्यवस्थापन र त्यसलाई कसरी व्यवस्थापन गर्ने ? यो समस्या अरू बिरामीमा नहोस् भन्ने हो।

यो सम्बन्धन पाउनको लागि अस्पताल कस्तो हुनुपर्छ ?
कसैले फलो गर्नु पर्ने भन्ने हुँदैन। नेपालमा धेरै राम्रा र ठूला अस्पताल पनि छन्। त्यसका लागि उनीहरूले यो मापदण्ड अपनाएका छैनन्। त्यसको लागि सरकारले यो फलो गर भनेको छैन। तर, हामीले बिरामीको अवस्थालाई ध्यानमा राखेर एनएबीएस स्टान्डर्ड फलो गर्नुपर्दछ। बिरामीको सुरक्षा नेपाल मेडिसिटीको पहिलो प्राथमिकता हो। बिरामीलाई केन्द्रमा राखेर कसरी राम्रो सेवा प्रदान गर्ने भनेर हामीले त्यो निर्देशन फ्लो गर्छौ। त्यो कारणले नेपाल मेडिसिटीले अन्तर्राष्ट्रिय रूपमा पहिलो इन्डियन क्वालिटी काउन्सिल अफ इन्डियाको एनएबिएस एग्रिडिटेसन हामीले लियौं। त्यसको साथसाथै त्यो भन्दा एडभान्स जोइन कमिसन अमेरिकाको स्टान्डर्ड त्यसको लागि काम गरिरहेका छौँ। त्यसको उद्देश्य भनेको यसको गुणस्तर कसरी सुधार गर्ने हो ? भन्ने हो। बिरामीले १० बजेको अपोइन्टमेन्ट लिएको छ भने त्यसमा १०-१५ मिनेट भन्दा बढी बिरामीले पर्खनु नपरोस्। हामी हरेक कुरामा बिरामीलाई सेन्टर अफ केयरमा राखेर इन्डिकेटर अथवा त्यो मापन गर्ने मेजरहरू इम्प्रिमेन्ट गरेर काम गर्दछौँ। त्यसैले हामी अलग छौँ। अरू अस्पतालले पनि प्रक्रिया अगाडि बढाइ रहनु भएको छ।

अन्तर्राष्ट्रियस्तरको अस्पताल हुन भौतिक संरचना कस्तो हुनुपर्छ ?
अस्पताललाई एउटा देशकै नमूनाको रूपमा पनि अगाडि बढाउन सकिन्छ। त्यसको उदाहरणको रूपमा नेपाल मेडिसिटिललाई लिन सक्छौँ। यसको लागि डाक्टर नर्सको महत्वपूर्ण भूमिका रहन्छ। त्यसको साथसाथै भौतिक सुविधा, पूर्वधार नयाँ प्रविधिका कुराहरुमा मापदण्डको आधार मिलाउनु पर्ने हुन्छ। सन् २०१७ मा सुरु गर्नु भन्दा अगाडि थ्री टेस्ट एमआरआई मेसिन जुन पहिलो पटक नेपालमा ल्यायौँ। जुन स्टान्डर्ड हामीले कायम गर्यौ। देशमा नेपाल मेडिसिटीलाई अरू भन्दा अलग बिरामीको सुरक्षाको लागि काम गर्नु पर्दछ र त्यही अनुसारको आउट कम दिनु पर्दछ भनेर लागि पर्यौ। त्यो कारणले पनि देशमा अलग भयौं। त्यसका लागि सुविधा व्यवस्थापन, ह्युमन रिसोर्स कमिटमेन्ट अफ टप लेबल कमिटमेन्ट जसले गर्दा अस्पताललाई अरू भन्दा फरक देखाएको छ।

इमर्जेन्सीमा उपचार कस्तो हुनुपर्छ ?
इमर्जेन्सी भन्ने बित्तिकै बिरामीको छोटो समयमा उपचार गर्नु पर्दछ। इमर्जेन्सीमा हामीले पहिला रेड जोन, एल्लो जोन, ग्रिन जोन र ब्ल्याक जोन हुन्छ। यसको लागि काम गर्दा पहिला बिरामीको अवस्थाको पहिचान गरिन्छ। कत्तिको जोखिम छ, तुरुन्त सर्जरी गर्नुपर्ने छ कि तुरुन्तै बचाउनु पर्ने हो कि भनेर पहिला पहिचान गर्दछौँ। धेरै अवस्था गम्भीर छ भने इमर्जेन्सी छ भने रेड जोनमा राख्छौँ। जहाँ दुई दुई मिनेटमा डाक्टर र नर्स राख्छौँ। एल्लो जोनमा अलि कम सिरियस बिरामी राख्छौँ। त्यहाँ १०/१० मिनेटमा डाक्टर र नर्सहरू राख्छौँ। ग्रिन जोन यसमा नर्मल केही फिबर भएर आयो, पेट दुखेर आयो सामान्य छ पर्खन सक्छ भने सामान्य सजिलो बनाउने औषधि दिन्छौँ। त्यसपछि ४–५ दिनमा अलि कम भयो भने डिस्चार्ज दिन्छौँ। अरु जोनको बिरामीलाई त्यही अनुसारको आईसीयूमा राख्छौँ।

आईसीयुमा अरू अस्पतालमा भन्दा के–के फरक छ त ?
त्यहाँ पनि धेरै कुरा हुन्छन्। कुन आईसीयू नर्मल हो कि भेन्टिलेटर हो कि, सेमी हो कि अथवा हाई डिफिसेन्सी केयर युनिट पनि भनिन्छ। यो भनेको वार्डको भन्दा अलि बढी केयर चाहिने तर, भेन्टिलेटर पनि नचाहिने बिरामीलाई हाई डिफिसेन्सी केयर युनिटमा राखिन्छ। त्यो भन्दा माथिल्लो लेबल रेड जोनमा उपचार गर्नुपर्ने बिरामीलाई तुरुन्त भेन्टिलेटरमा राखिन्छ। अहिले ३२ भेन्टिलेटर पुर्याएका छौँ। एकदमै अन्तिम लेबलमा आउने बिरामीलाई यो लेबलको उपचार गर्दछौँ। बच्चाहरुको लागि पीआईसीयू पनि छ।

अप्रेसन वार्ड अरू भन्दा फरक कसरी छ ?
कुनै पनि बिरामीको अप्रेसन गर्दा प्रि–अप–सर्जरी गर्नु भन्दा अगाडिको युनिट र सर्जरी गरे पछिको युनिट पोस्ट–अप यसको बिचमा फेरि अप्रेटीभ–रुम अर्को बिरामीको अप्रेसन गर्दा चाहिने सामग्री जसले बिरामीलाई कुनै इन्फेक्सन नहुने गरी अप्रेसन गर्नुपर्ने हुन्छ। एकदमै हाइली न्युरो ओटी–अर्थोपेडिक्स ओटी छ, जुनमा अरू साधारण पद्धति हुँदैन। जति पनि इन्फेक्टेड केसहरू जसले गर्दा इन्फेक्सन भएको बिरामीको लागि छुट्टै राखेका छौ। अरू साधारण अप्रेसन गर्न छुट्टै ओटीको व्यवस्थापन गरेका छौँ। बिरामीको अप्रेसन गर्नु पर्ने अवस्था र अप्रेसन गर्ने ठाउँको बारेमा भेरीफिकेसन गछौँ। अप्रेसन गर्ने बेला चाहिने सामान छ कि छैन भनेर पहिला नै निर्णय गरेको हुन्छ। भित्र लगेपछि सर्जरी गर्नु भन्दा पहिला सर्जनले मेरो बिरामी हो कि हैन मैले सही ठाउँमा अप्रेसन गर्न गएको छ कि छैन सबै कुराहरू भेरीफाइड हुन्छ। त्यो कारणले मन्टिपल सर्जिकल इन्सिडेन्ट जसले गलत सर्जरी हुँदैन।

यो सर्किजल चेक लिस्ट सन् २००८ मा डब्ल्युएचओले लागू गरेको थियो। मल्टिपल हेल्थ केयर इन्स्चुसनमा यसको प्रयोग गर्दा पछिल्लो २०२० मा आउँदा सर्जरी सम्बन्धी इन्सिडेन्ट ४० प्रतिशतले घटेको छ। समग्र नेपालको डेटा–एनालाइसिस गर्दा ५ दशमलव ८ प्रतिशत इन्स्टिच्युटले मात्र यो प्रयोग गरेको देखियो। सन् २०२० मा मेडिसिटीमा हाम्रो अवस्था के छ भनेर एउटा रिसर्च ६ महिनाको गर्यौ। त्यसमा हाम्रो कम्प्लाइन सर्किजल सेप्टीको ९९ दशमलव ९९ रहेछ। त्यसैले हाम्रो बिरामीलाई सही सर्जरी होस र कुनै पनि असर नहोस्। गलत सर्जरीले गर्दा अस्पताल बदनाम हुन नपरोस् भनेर काम गछौँ। त्यसैले पनि हाम्रो अस्पताल अरुभन्दा फरक छ।

अस्पतालमा पुग्दा डाक्टर नर्सको बोलीबाट पनि फेरिफेरि जान मन लाग्ने र नलाग्ने हुन्छ भन्नु हुन्छ बिरामीले, अन्तर्राष्ट्रियस्तरको अस्पतालमा बिरामीसँग गरिने व्यवहार कस्तो छ ?
अस्पतालको गेटबाट भित्र छिरेपछि फ्रन्ट अफिसको स्टाफसँग कुरा गर्दा नै थाहा हुन्छ। अस्पताल कस्तो हो ? कसरी बिरामीसँग सहकार्य गरेको छ भनेर। हामीले स्टाफहरु हायर गरेपछि कहिले पनि सफ्ट स्किलको ट्रेनिङ हुँदैन। कुन डिपार्टमेन्टको स्टाफले कसरी काम गरेको छ ? कोसँग कसरी कम्युनिकेसन गरेको छ ? भनेर तालिम दिन्छौँ। अस्पतलामा यस्तो तालिम कतै भएको हुँदैन । तर, हाम्रोमा नयाँ स्टाफ आउँदा बिरामीसँग कसरी घुलमिल गर्ने, हरेक बिरामीले के फिल गरेको छ। बिरामीले मबाट के चाहेको छ भन्ने हरेक कुरामा सहकार्य गर्न सक्ने खालको तालिम दिएका छौँ। कुनै पनि बिरामीसँग सम्बन्धित केही सल्लाह प्रतिक्रिया भए हामीसँग फरक टिमहरू छन्।

नेपालका अरु अस्पताल अन्तर्राष्ट्रियस्तरको बन्न के गर्नुपर्छ ?
समग्र नेपालमा बिरामीको सुरक्षा एउटा चुनौतीपूर्ण कुरा हो। मल्टिपल हेल्थ केयर इन्स्टिच्युटले बनाएको यो मोडर्न एजेन्डा हो। यसलाई फलो गर्नुपर्दछ भनेर यसलाई कुनै पनि हेल्थ केयर इन्स्टिच्युटले लागू गर्न सक्यो भने देशको स्वास्थ्य अवस्थामा सुधार हुन्छ। र, सरकारी र प्राइभेट पनि यो इन्स्टिच्युटले बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने हो भने यो स्टान्डर्ड फलो गर्न सक्नुहुन्छ जसले गर्दा बिरामीलाई सुरक्षा प्रदान गर्दछ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : १० बजे

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले

यो साताका २० तस्बिर

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३

यक्ष प्रश्न : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

एक दिनको कुरा हो । पाण्डवहरू बिहानको खानपिन सकेर जङ्गलको

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको