संसदीय छानबिन समितिको बैठक स्थगित, अपराह्न ४ बजे बस्ने « Khabarhub

संसदीय छानबिन समितिको बैठक स्थगित, अपराह्न ४ बजे बस्ने


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने जनाइएको छ ।

‘केही विषय प्राविधिक भएकोले फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।

सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।

‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।

आज बेलुकी चार बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए ।

केही दिनअिघ समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं,’ अर्याले भने ।

पूर्व अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ३० बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति