बाँकेमा एक दम्पती मृत भेटिए | Khabarhub Khabarhub

बाँकेमा एक दम्पती मृत भेटिए


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

“घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भने। उनले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए। घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : १७ बजे

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन

काठमाडौं- भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टिमको घोषणा

काठमाडौं- फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त

सर्वोच्चले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा सुनाउने

काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला

आजका समाचार : गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेशदेखि बजेटमा एमालेको असन्तुष्टिसम्म

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय सर्वोच्चले रोक्यो ट्राफिक

सिक्किम आईपुग्यो मनसुन, यो वर्ष सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं – यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ