हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा – १ पिपरा कपिलवस्तुका विशाल कुँवर रहेका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत रहेका उनी पछिल्लो समय त्यो रेस्टुरेन्ट छोडेर गैरकानुनी रूपमा अन्य कुनै एक कम्पनीमा काम गर्दै आइरहेको अवस्थामा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भइसकेको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट दूतावासले प्राप्त गरेको जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइने दूतावासले जनाएको छ । मृतकको परिवारलाई सम्पर्कमा आउन समेत दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : २७ बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति