हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा – १ पिपरा कपिलवस्तुका विशाल कुँवर रहेका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत रहेका उनी पछिल्लो समय त्यो रेस्टुरेन्ट छोडेर गैरकानुनी रूपमा अन्य कुनै एक कम्पनीमा काम गर्दै आइरहेको अवस्थामा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भइसकेको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट दूतावासले प्राप्त गरेको जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइने दूतावासले जनाएको छ । मृतकको परिवारलाई सम्पर्कमा आउन समेत दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : २७ बजे

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा