मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण « Khabarhub

मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाए ।

विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी नअपनाएको बताए ।

साथै मंगलबार बिहानसम्म काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उनको आरोप छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उनले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताए । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ४१ बजे

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर– भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी– सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक