‘नेपालको सन्दर्भमा अहिलेको मौद्रिक नीति विचरा हो’ « Khabarhub

मौद्रिक नीति छलफल

‘नेपालको सन्दर्भमा अहिलेको मौद्रिक नीति विचरा हो’


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले वर्तमान सन्दर्भमा नेपालको मौद्रिक नीति विचरा भएको टिप्पणी गरेका छन् । कोरोना महामारी र रुस–युक्रेन युद्धको संकट विश्वव्यापी असर परेका बेलामा नेपालमा राष्ट्र बैंकको मौद्रिक नीति विचरा भएको उनको टिप्पणी छ ।

‘यस्तो बेला नेपालमा राष्ट्र बैंकले ल्याएको विचरा मौद्रिक नीति हो,’ खबरहबले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा अर्थशास्त्री अधिकारीले भने, ‘संकटको घडीमा धेरैतिर समस्या भएका बेला मौद्रिक नीति औपचारिक मात्रै हो । ठूलो आशा गर्न सकिन्न ।’

समग्रमा मौद्रिक नीति बाध्यतात्मक रुपमा आएपनि सन्तुलित हुन जटिल भएको पनि बताए । तर आर्थिक वृद्धिदर र बैंकको ब्याजदर बढाएर ल्याउनु चिन्ताको विषय भएको उनले बताए ।

एक समय चीन पनि आर्थिक संकटमा फसेको भन्दै उनले यसको समाधानका लागि उत्पादनतिर जोड दिनुको विकल्प नभएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा आफूसँग पैँसा नभएको र विदेशबाट आयात गर्न चाहिने पर्याप्त डलर पनि नभएको स्पष्ट सन्देश दिएको अधिकारीले बताए ।

‘यस्तो अवस्थाको मौद्रिक नीति आफैँमा ठूलो आश गर्न सकिने विषय होइन’ उनले कार्यक्रममा भने, ‘तर नेपालमा पर्याप्त पैँसा नभएको र आयातले धानेको बजारमा डलर पनि पर्याप्त नभएको स्पष्ट सन्देश मौद्रिक नीतिले दिएको छ । यो चिन्ताको विषय हो ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : २९ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण