मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ « Khabarhub

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ४४ औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिएका हुन् ।

 सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ बुद्धिचाल ओलम्पियाडदेखि लगातार सहभागी नेपालको पुरुष टोलीमा पुरुषोतम चौलागाईं, रुपेश जयसवाल, क्षितिज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । धनबहादुर बोगटीले नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

 त्यसैगरी सन् २०१४ मा नर्वेमा सम्पन्न ४१औँ बुद्धिचाल ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् । महिला टोलीको जिम्मेवारी भने भुपेन्द्र निरौलाले पाएका छन् । टोली व्यवस्थापक रुपमा नेपाल बुद्धिचाल सङ्घका महासचिव धरमबहादुर लामा रहेका छन् । सङ्घका सचिवद्वय उमेश केसी र मोनालिशा खम्बु ४४औँ बुद्धिचाल ओलम्पियाडमा आर्विटरका रुपमा सहभागी हुँदैछन् ।

त्यसैगरी यही साउन १५ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कंग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ ।

कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसहितको टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : १० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र