‘दोषी नेताहरु छन्, राष्ट्र बैंकलाई गाली गरेर के गर्ने ?’ | Khabarhub Khabarhub

मौद्रिक नीति छलफल

‘दोषी नेताहरु छन्, राष्ट्र बैंकलाई गाली गरेर के गर्ने ?’

कांग्रेस, एमाले र माओवादी तीनतिर हुँदा अर्थतन्त्र संकटमा


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍यालले ठूला दल तीनतिर लाग्दा देशमा आर्थिक संकट गहिरिएको बताएका छन् । तीन ठूला दल नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसले तीनतिर मुख लाउँदा अहिलेको संकट चुलिएको उनले बताएका हुन् ।

एमालेको गभर्नर, नेपाली कांग्रेसको योजना आयोगको उपाध्यक्ष र माओवादीको अर्थमन्त्रीबीच समन्वय नहुँदा अहिलेको अवस्था आएको उनले बताए ।

‘अर्थतन्त्र बन्ने र सुध्रिने भनेको त अर्थमन्त्रालय, राष्ट्र बैंक र गभर्नरबीच समन्वय भएर होला नि त’ उनले भने, ‘तर माओवादीको अर्थमन्त्री एकातिर, कांग्रेसको योजना आयोग उपाध्यक्ष अर्कोतिर अनि एमालेको गभर्नर झन् अर्कैतिर छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले मात्रै के गर्न सक्छ ?’

अर्थमन्त्री रहेका जनार्दन शर्माले राजीनामा दिएका छन् । योजना आयोगका उपाध्यक्ष विश्व पौडेल कांग्रेसनिकट हुन् भने एमालेनिकट गभर्नर महाप्रसाद अधिकारी केही समयअघि एमालेकै अर्थ विभागमा ‘एम अधिकारी’ नामले सदस्य हुँदा चर्को आलोचना भएको थियो ।

देशको वर्तमान अवस्था आउनुमा मुख्य दलका मुख्य नेता जिम्मेवार रहेको पनि उनको भनाई छ । बाहिर सबैले एकले अर्कोलाई आरोप लगाउने भएपनि वास्तविक जिम्मेवार मुख्य दलका मुख्य नेता हुनुपर्ने उनको भनाई ।

‘अरुलाई गाली नगरौँ । यो अवस्था आउनुमा मुख्य रुपमा नेताहरु जिम्मेवार छन् । उनीहरु दोषी छन्’ मौद्रिक नीतिमाथिको छलफलमा आइएसएसआरका प्रमुख प्याकुर्‍यालले कार्यक्रमको सारमा भने, ‘त्यसैले सरकार चलाउने नेताहरु जिम्मेवार हुनुपर्छ, राष्ट्र बैंकलाई मात्र गाली गरेर केही हुँदैन ।’

नेताहरुको यही प्रवृत्तिले गर्दा नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : १२ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा