‘दोषी नेताहरु छन्, राष्ट्र बैंकलाई गाली गरेर के गर्ने ?’ « Khabarhub

मौद्रिक नीति छलफल

‘दोषी नेताहरु छन्, राष्ट्र बैंकलाई गाली गरेर के गर्ने ?’

कांग्रेस, एमाले र माओवादी तीनतिर हुँदा अर्थतन्त्र संकटमा


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍यालले ठूला दल तीनतिर लाग्दा देशमा आर्थिक संकट गहिरिएको बताएका छन् । तीन ठूला दल नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसले तीनतिर मुख लाउँदा अहिलेको संकट चुलिएको उनले बताएका हुन् ।

एमालेको गभर्नर, नेपाली कांग्रेसको योजना आयोगको उपाध्यक्ष र माओवादीको अर्थमन्त्रीबीच समन्वय नहुँदा अहिलेको अवस्था आएको उनले बताए ।

‘अर्थतन्त्र बन्ने र सुध्रिने भनेको त अर्थमन्त्रालय, राष्ट्र बैंक र गभर्नरबीच समन्वय भएर होला नि त’ उनले भने, ‘तर माओवादीको अर्थमन्त्री एकातिर, कांग्रेसको योजना आयोग उपाध्यक्ष अर्कोतिर अनि एमालेको गभर्नर झन् अर्कैतिर छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले मात्रै के गर्न सक्छ ?’

अर्थमन्त्री रहेका जनार्दन शर्माले राजीनामा दिएका छन् । योजना आयोगका उपाध्यक्ष विश्व पौडेल कांग्रेसनिकट हुन् भने एमालेनिकट गभर्नर महाप्रसाद अधिकारी केही समयअघि एमालेकै अर्थ विभागमा ‘एम अधिकारी’ नामले सदस्य हुँदा चर्को आलोचना भएको थियो ।

देशको वर्तमान अवस्था आउनुमा मुख्य दलका मुख्य नेता जिम्मेवार रहेको पनि उनको भनाई छ । बाहिर सबैले एकले अर्कोलाई आरोप लगाउने भएपनि वास्तविक जिम्मेवार मुख्य दलका मुख्य नेता हुनुपर्ने उनको भनाई ।

‘अरुलाई गाली नगरौँ । यो अवस्था आउनुमा मुख्य रुपमा नेताहरु जिम्मेवार छन् । उनीहरु दोषी छन्’ मौद्रिक नीतिमाथिको छलफलमा आइएसएसआरका प्रमुख प्याकुर्‍यालले कार्यक्रमको सारमा भने, ‘त्यसैले सरकार चलाउने नेताहरु जिम्मेवार हुनुपर्छ, राष्ट्र बैंकलाई मात्र गाली गरेर केही हुँदैन ।’

नेताहरुको यही प्रवृत्तिले गर्दा नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : १२ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज