प्रदीपले गरे कमेडियनलाई नै रोष्ट « Khabarhub

प्रदीपले गरे कमेडियनलाई नै रोष्ट


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म  ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकि प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । फिल्मको क्यारेक्टरलाई आफ्नो स्टारडमको छायाँबाट निकाल्न प्रयत्न गरिरहेका प्रदीप स्थापित फिल्म  ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका थिए। 

उनी यस पटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकि यस अगाडि आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् । उनले आफ्नै कलाकारिताको शैलीमा आएको परिवर्तनलाई महसुस गरेको प्रस्ट्याएका हुन् ।

प्रचारप्रसारको लागि मोफसल टुरमा रहेका प्रदीप बुटबलमा भने कमेडियन बनेका छन् । बटुवा कमेडी र कमेडी टुकटुकसंगको सहकार्यमा ‘प्रकाश’ ले गरिरहेको कमेडी टुर ‘टेबल मुनीबाट’ मा उनी कमेडियन शैलीमा प्रस्तुत भएका हुन् । स्टेज चढेका प्रदिप स्ट्याण्डप कमेडीयन जस्तै सुनिए । उनले स्टेजबाट कार्यक्रममा स्ट्याण्डप कमेडी प्रस्तुत गर्ने कमेडियनहरुलाई नै रोष्ट गरे । खासगरि प्रदिपको निशानामा परे कमेडीयन आदर्श मिश्रा ।

पर्दामा भने उनी यसपटक भिन्न छन्। फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए । ‘

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्ममा आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । शिक्षक बन्ने सपना देखेर जुम्लाको एक युवाले भोग्ने पीडालाई फिल्ममा देखाउन खोजिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । काठमाडौँको परिवेशमा हुर्किएका प्रदीपले संवत यस अगाडि त्यो जीवन भोगेका वा बाँचेका थिएनन् । 

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा जुम्लाको परिवेशलाई टिपेको छ । यसमा प्रदीप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ५४ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र