तालिबानले महिलाको हत्या गरेपछि अफगानिस्तानमा प्रदर्शन « Khabarhub

तालिबानले महिलाको हत्या गरेपछि अफगानिस्तानमा प्रदर्शन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले एकजना महिलाको हत्या गरेपछि महिलाहरुले प्रदर्शन गरेका छन् । अफगानिस्तानको पञ्जशीर प्रान्तमा महिलाकोे हत्या भएको भन्दै प्रदर्शन भएको हो ।

हत्या भएको समयमा ती महिलाले आफ्ना श्रीमान्का लागि खाना ल्याउन गएको बताइएको छ । सोही क्रममा तालिबानका निशानेबाजले उनीमाथि गोली चलाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै त्यहाँ महिला अधिकार उल्लङ्घनका घटनाहरुमा वृद्धि भएको बताइन्छ ।

यसबाहेक तालिबानले महिला एवम् बालिकालाई विद्यालय जान बन्देज लगाएका कारण उनीहरुको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हनन् भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : १७ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी