मुगुको गमगढी बजार नजिकै शिशु मृत फेला « Khabarhub

मुगुको गमगढी बजार नजिकै शिशु मृत फेला


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका–२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो ।

अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीका अनुसार मृत शिशुलाई कुकुरले घटना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : २० बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक