यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन « Khabarhub

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

उनका अनुसार जिम्बू संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बुरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ ।

गौतमले भने, ‘आर्थिक वर्ष ०७८/७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७/७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो ।

मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको छ । आव ०७७/७८ मा कोभिड- १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएकाले राजस्व संकलन कमी भएको प्रमुख गौतमको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ०७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क