आज २०७९ साल भदौ १० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७९ साल भदौ १० गते शुक्रबारको राशिफल


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल भदौ १० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष: मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

वृष: आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मिथुन : रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

कर्कट: आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

सिंह: आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या: फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

तुला: विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

वृश्चिक: लामो समयदेखि रोकिएका अधुरा काम पुरा हुन सक्छन् । मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।

धनु: रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

मकर: सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।

कुम्भ: आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

मीन: प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ३९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको