विश्व इतिहासमा आज : जेम्स कुकको यात्रादेखि दोस्रो चेचेन युद्धको सुरुवातसम्म « Khabarhub

विश्व इतिहासमा आज : जेम्स कुकको यात्रादेखि दोस्रो चेचेन युद्धको सुरुवातसम्म


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १० गते शुक्रबार । सन् २०२२ को अगस्ट २६ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९९ अगस्ट २६ मा इस्लामिक अन्तर्राष्ट्रिय शान्ति स्थापना ब्रिगेडले दागिस्तान अतिक्रमण गरेको प्रतिक्रयास्वरुप रुसले दोस्रो चेचेन युद्धको सुरुवात गरेको थियो ।

सन् १९७८ अगस्ट २६ मा सिग्मन्ड जियेन अन्तरिक्षमा जाने पहिलो जर्मन बने । जर्मन वायु सेनाको पूर्व पाइलट रहेका जियेनले सल्यूट ६ स्पेस स्टेसन जाने सोभियत अन्तरिक्ष यान ‘सोयूज ३१’ को टोलीको सदस्य बनेका थिए ।

सन् १९६६ अगस्ट २६ मा नामिबियाली स्वतन्त्रता युद्धको सुरुवात भएको थियो । उत्तर अफ्रिकी सरकारविरुद्ध चलेको सो युद्ध २४ वर्षसम्म चलेको थियो । उत्तर अफ्रिकी रक्षा सेनाले उत्तर–पश्चिम अफ्रिका जनताको संगठन स्वापोमाथि आक्रमणपश्चात सो युद्धको थालनी भएको थियो ।

सन् १९५७ अगस्ट २६ मा फोर्ड मोटर कम्पनीले पछिल्लो विलासिता गाडी ‘एडसेल’ सार्वजनिक गरेको थियो ।

सन् १९५५ अगस्ट २६ मा टेनिस प्रतियोगिताको पहिलो कलर प्रसारण भएको थियो । न्यूयोर्कको फरेस्ट हिल्सस्थित वेस्ट साइड टेनिस क्लबमा ‘द डेभिस कप’ अन्तर्गत भएको अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीच भएको सो खेल एनबीसीले प्रसारण गरेको थियो ।

सन् १९२० अगस्ट २६ मा संयुक्त राज्य अमेरिकी संविधानको १९औँ संशोधन लागू भएको थियो । सो संशोधन लागू भएसँगै महिलाहरूले औपचारिक रुपले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।

सन् १९१४ अगस्ट २६ मा पहिलो विश्व युद्धअन्तर्गत जर्मन र रुसी सेनाबीच ट्यानेनबर्गको युद्ध सुरु भएको थियो ।

सन् १९१० अगस्ट २६ मा नोबल पुरस्कारले विभूषित मदर टेरेसाको म्यासेडोनियामा जन्म भएको थियो । मदर टेरेसा भारतको कलकत्तामा गरिब विद्यार्थीहरुलाई पढाउन सुरु गरेका अभियान, मानवीय कार्य र क्रिश्चियन मिसनरीका रुपमा पनि चिनिन्छन् ।

सन् १८८३ अगस्ट २६ मा इन्डोनेसियामा क्राताताओ ज्वालामुखी विस्फोट हुन सुरु भएको थियो । सो ज्वालामुखी विस्फोट हुँदा ३६ हजार मानिसको मृत्यु हुनुको साथै सुनामी पनि आएको थियो ।

सन् १७६८ अगस्ट २६ मा अन्वेषक जेम्स कुकले ‘एचएमएस इन्डेभर’ नामक जहाजमा यात्रा सुरु गरे । सन् १७७१ जुलाई १२ मा सो जहाज बेलायतमा फर्केको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ४७ बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको