सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउन अधिवक्ताहरुको माग « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउन अधिवक्ताहरुको माग


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितमाथि अन्याय गरेर पीडकलाई उन्मुक्ति दिन खोजेको उनीहरुले आरोप लगाए । अपराधीलाई फौजदारी दायित्व बहन गराउन अधिवक्ताहरुले सरकारसँग आग्रह गरेका छन् । फौजदारी दायित्व बहन नगराउने कुनै पनि विधेयक स्वीकार्य नहुने उनीहरुको भनइ छ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले सरकारले जनताको हितविपरीत पीडकमैत्री, संविधानविपरीत र अन्तर्राष्ट्रिय सन्धिविरुद्ध कानुन बनाउन नहुने बताए। उनले विधेयकले न्याय खोस्ने भन्दै हत्या र बलात्कार जस्तो अपराधलाई वर्गीकरण गरेर गल्ती गर्न नहुने तर्क गरे। अधिवक्ता त्रिपाठीले हत्या, बलात्कार जस्ता अपराधलाई अहिलेको विधेयकमा कम गम्भीर अपराधमा वर्गीकरण गरेको भन्दै अपराधलाई सामान्य भन्न नमिल्ने बताए।

अधिवक्ता तथा मावनअधिकारकर्मी महामुनिश्वर आचार्यले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई अवरुद्ध गर्नेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। अधिवक्ता इन्द्र अर्यालले द्वन्द्व पीडितका विषयमा राजनीतिक दलका नेता इमान्दार नदेखिएको भन्दै दुःखेसो पोखे।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ०३ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ