बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने
निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलहरूलाई आजबाट निवेदन आह्वान गरेको छ । आयोगले आजदेखि भदौ १२ गतेसम्म निवेदन दिन आग्रह गरेको हो । प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो ।

२. सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिए अनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

३. निर्वाचन क्षेत्रका लागि कांग्रेसका प्रतिनिधि परिचालन
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ । गण्डकी प्रदेश कार्यसमितिको हिजो सम्पन्न पदाधिकारी बैठकले प्रदेश अन्तर्गतका जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिए ।

४.  एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ११ बजे सुरु हुने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्नेछ । यसअघि हिजो बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ । त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ ।

५. लघुबीमाका लागि लाइसेन्स बाँडिने
प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले ७ प्रदेशलाई लाइसेन्स बाँड्ने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक एक वटा लघुबीमा रहने गरी ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो । आज एक सूचना जारी गर्दै समितिले लघुबीमाको संख्यासहित कम्पनीको चुक्ता पुँजी समेत तोकेर लाइसेन्सको प्रस्ताव आह्वान गरेको छ । सूचना अनुसार पहिलो चरणमा तीनवटा जीवन र ४ वटा निर्जीवन लघुबीमालाई लाइसेन्स दिइने उल्लेख छ । यस्तो लघुबीमा कम्पनीका लागि न्यूनतम ७५ करोड चुक्ता पुँजी आवश्यक रहने पनि समितिले जनाएको छ । योग्यता पुगेका कम्पनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

६. बङ्गलादेशले ५० मेगावाटसम्म बिजुली लैजाने 
बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सहमत भएको छ । काठमाडौँमा हिजो सम्पन्न दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चौथो बैठकले बिजुली लैजाने सहमति गरेको हो । बैठकले नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।

७. चाडपर्व लक्षित बजार अनुगमनको तयारी
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको जनाएको हो । विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा गृहकार्य भइरहेको जानकारी दिए ।

८. दक्षिण कोरियामा उत्पादनतर्फ जनशक्ति थपिने
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा थप नेपाली जान पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको हो । उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

९.रुसले सैनिक संख्या बढाउने
६ महिनादेखि युक्रेन युद्धमा फसेको रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाल कायम सैनिक संख्याको १० प्रतिशत नयाँ भर्ती गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । हाल रुससँग ११ लाख ५० हजार नियमित सैनिक रहेकोमा १ लाख ३७ हजार नयाँ भर्ती गर्ने भएको छ । उनको आदेश आगामी जनावरीदेखि कार्यान्वयनमा जाने जनाइएको छ ।

१०. च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक
जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । टर्कीको इस्तानबुलमा गए राति युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले सन् २०२२-२३ को समूह चरण विभाजन गरेको हो । सार्वजनिक ड्रअनुसार बायर्न र बार्सिलोना समूह सी मा परेका छन् । समूह सी मा बायर्न र बार्सिलोनासँगै इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ०२ बजे

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो