अटो दुर्घटना, चार जना घाइते « Khabarhub

 अटो दुर्घटना, चार जना घाइते


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरबाट श्रीनगर आउँदै गरेको रा १ ह ५४४५ नम्बरको अटो राप्ती राजमार्गको भुमेश्वर ज्युलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिवेणी गाउँपालिका-३ का ४५ वर्षीय कमानसिंह जिएम, त्रिवेणी ६ का ६५ वर्षीय बिक्रम खड्का, उनकी श्रीमती ५५ वर्षीया सुन्दरी खड्का र शारदा नगरपालिका १३ की १८ वर्षीया दीपा सुनार रहेका छन् ।

गुडिरहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते सबैको शारदा नगरपालिका-१ श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ३७ बजे

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको