सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायब महानिरीक्षकद्वारा कार्यसम्पादन सम्झौता « Khabarhub

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायब महानिरीक्षकद्वारा कार्यसम्पादन सम्झौता


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा नायब महानिरीक्षकले कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समक्ष विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू र सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको हो । 

उक्त समारोहमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु बंशीराज दाहाल, ई.किशोर प्रधान, कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुल बहादुर नेम्वाङ्ले, दुर्गा प्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् ।

 

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई जिम्मेवारीप्रति अझ बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिएका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ०१ बजे

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको