भारतमा एउटै परिवारका छ जना मृत फेला « Khabarhub

भारतमा एउटै परिवारका छ जना मृत फेला


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा शुक्रबार एउटै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषयबारे भने प्रहरीले जानकारी दिएको छैन ।

घटनामा ६५ बर्षका संगत राम, ३४ बर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए ।

उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : १३ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४