मलाई अहिले पनि प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड « Khabarhub

मलाई अहिले पनि प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए । ‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उनले भने ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : ४० बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान