थप ५३ जनामा कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

थप ५३ जनामा कोरोना सङ्क्रमण


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।

यस्तै १४ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।

यस्तै होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ४४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ