‘कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ’ « Khabarhub

‘कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ’


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताए । 

सोमबार सिन्धुपाल्चोकको बलेफी- ८ जुरे, ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक विपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र विकासको काम कांग्रेसले मात्रै गर्नसक्ने बताएका हुन् । 

नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटक पटकको विपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गरे । यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नंवरको पार्टी भएको उनको दाबी छ । नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार बिजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै उनले पुस्तकालय भवन निर्माणका लागि कुनै कमी हुन नदिने धारणा राखे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको