गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु « Khabarhub

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताउनुभयो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उहाँले भन्नुभयो, “भोलिदेखि नै नाकामा सुरक्षा टोलीसहितको तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारीमा छौँ ।” उहाँले दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए ।

विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर सोमबारदेखि नाकामा कुकुरसमेत राखेर चेकजाँच सुरु गरिन लागेको हो । केही दिनयता गड्डाचौकी नाका भएर घर फर्किनेहरुको भीड लाग्न थालेको छ । दसैँ मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य कुनै आपराधिक गतिविधि हुन नदिन भनेर प्रहरीले सीमा नाकासँगै अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ । ‘राजमार्गमा सुरक्षा चेकजाँच बढेको छ भने अन्य क्षेत्रमा समेत प्रहरी खटाइएको छ’, उनले भने, ‘बजारमा भीडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५० बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर