गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु | Khabarhub Khabarhub

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताउनुभयो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उहाँले भन्नुभयो, “भोलिदेखि नै नाकामा सुरक्षा टोलीसहितको तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारीमा छौँ ।” उहाँले दसैँका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए ।

विष्फोटक पदार्थ, लागूऔषध, हतियारजन्य वस्तुलगायत भित्रिन नपाओस भनेर सोमबारदेखि नाकामा कुकुरसमेत राखेर चेकजाँच सुरु गरिन लागेको हो । केही दिनयता गड्डाचौकी नाका भएर घर फर्किनेहरुको भीड लाग्न थालेको छ । दसैँ मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य कुनै आपराधिक गतिविधि हुन नदिन भनेर प्रहरीले सीमा नाकासँगै अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले राजमार्ग क्षेत्रमा चेकजाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ । ‘राजमार्गमा सुरक्षा चेकजाँच बढेको छ भने अन्य क्षेत्रमा समेत प्रहरी खटाइएको छ’, उनले भने, ‘बजारमा भीडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५० बजे

नेपाल र भारतबीच वासक्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाइ

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना 

काठमाडौं– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।  आइतबार

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सम्पन्न

काठमाडौं– नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ आइतबार सम्पन्न भएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकामा तालाबन्दी, अध्यक्षमाथि भ्रष्टाचारको आरोप 

धनगढी – स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् ।

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहराको मृत्यु

धनगढी– सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ)