सिद्धार्थनगरका मेयर गृहमन्त्री खाणको भोट माग्न घरदैलोमा « Khabarhub

सिद्धार्थनगरका मेयर गृहमन्त्री खाणको भोट माग्न घरदैलोमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा – सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन्।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४  मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोस पाण्डेसँगै घरदैलोमा हिँडेका छन्।

सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयर सहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि ती दुई उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन्।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ।

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने बताए।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ४८ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका