विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपणसम्म | Khabarhub Khabarhub

विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपणसम्म


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २६ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानुन 
सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ लागु गरेका थिए। सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिएको थियो।

जम्मु र कश्मिरलाई अधीनमा लिने सम्झौता
सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंहले ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ मा हस्ताक्षर गरेका थिए। हस्ताक्षरपछि काश्मिर भारतको अधीनमा रहने र त्यसको बदलामा भारतीय सेनाले राजाको रक्षा गर्ने उल्लेख थियो।

दक्षिण कोरियाली राष्ट्रपतिको हत्या
सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो। हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए। उनलाई आजीवन कारावासको सजाय तोकिएको थियो।

लंगुरको मुटु बालिकामा प्रत्यारोपण
सन् १९८४ मा अमेरिकाकीबालिक बेबेी फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो। १४ अक्टोबरमा जन्मिएकी ती बालिका जन्मिँदै मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन्। शल्यक्रिया सफल भए पनि बालिकाको शरीरले प्रत्यारोपण गरेको मुटु शल्यक्रिया गर्दा केही सातापछि उनको मृत्यु भएको थियो।

फुटबल संघ गठन
सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो। यसको स्थापनासँगै फुटबल खेलाबारे नयाँ नियम बनाउँछ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ३५ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने