विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपणसम्म « Khabarhub

विश्वमा आज : दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपणसम्म


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २६ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानुन 
सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ लागु गरेका थिए। सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिएको थियो।

जम्मु र कश्मिरलाई अधीनमा लिने सम्झौता
सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंहले ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ मा हस्ताक्षर गरेका थिए। हस्ताक्षरपछि काश्मिर भारतको अधीनमा रहने र त्यसको बदलामा भारतीय सेनाले राजाको रक्षा गर्ने उल्लेख थियो।

दक्षिण कोरियाली राष्ट्रपतिको हत्या
सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो। हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए। उनलाई आजीवन कारावासको सजाय तोकिएको थियो।

लंगुरको मुटु बालिकामा प्रत्यारोपण
सन् १९८४ मा अमेरिकाकीबालिक बेबेी फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो। १४ अक्टोबरमा जन्मिएकी ती बालिका जन्मिँदै मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन्। शल्यक्रिया सफल भए पनि बालिकाको शरीरले प्रत्यारोपण गरेको मुटु शल्यक्रिया गर्दा केही सातापछि उनको मृत्यु भएको थियो।

फुटबल संघ गठन
सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो। यसको स्थापनासँगै फुटबल खेलाबारे नयाँ नियम बनाउँछ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ३५ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो