फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प « Khabarhub

फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनिला – उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ ।

यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन । भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ ।

फिलिपिन्समा प्रशान्त महासागरको “रिंग अफ फायर“ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : २० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि