तीन महिनामा १२ लाख राजश्व संकलन « Khabarhub

तीन महिनामा १२ लाख राजश्व संकलन


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै १२ लाख राजस्व संकलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए।

उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ संकलन भएको केसीको भनाइ छ । उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम संकलन भएको बताए।

‘हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक-पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व संकलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ’ उनले भने,’बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नु हुन्छ ।’

गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्यांकमा उल्लेख छ । यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसीले बताए । 

यस कार्यक्रमबाट १४ हजार छ सय ६४ नागरिक लाभान्वित भएको उनको भनाइ छ । ‘नागरिकलाई ट्राफिक सचेतनाका लागि हामीले विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरेका छौँ, सडकमा, स्कुलमा, सवारी चालक अनुमति पत्र लिने स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्‍यौँ, यो कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ,’ उनले भने–’यो कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुगेको आभाष भएको छ, अघिल्लो वर्षका तुलनामा यस वर्ष दुर्घटना पनि कम भएका छन् ।’

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : ५० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि