एक्लिएका ओलीको चुनावी हविगत « Khabarhub

एक्लिएका ओलीको चुनावी हविगत

रेल ल्याउने, पानीजहाज चलाउने नारा कहाँ हरायो ?


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पाँच वर्षअघि नेपालमा रेल ल्याउने कुरा निकै चर्चामा थियो । भारतबाट वर्षौपहिले आएको रेल होइन, चीनबाट नयाँ चिनियाँ रेल नेपाल ल्याएर पूर्व पश्चिम चलाउने नारा खुबै घन्कियो । त्यसरी नारा लगाउने नेता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । माओवादीसँग चुनावी तालमेल गरेका ओलीले रेलको नारा खुबै भजाएका थिए ।

तर पाँच वर्ष बित्यो । न नेपालमा चिनियाँ रेल आयो । न त भारतबाट ल्याएको रेल नै नियमित रुपमा गुडाउन सकियो । केवल रहर पूरा गर्न मात्रै अहिले भारतीय रेल गुडाउने गरिएको छ । त्यसबाहेक ठूलो नारा भजाइएपनि व्यवहारमा भने शून्य बराबर छ ।

रेलपछि ओलीले भजाएको अर्को नारा हो, पानीजहाज । पाँच वर्षअघिको चुनावमा ओलीले हरेकजसो चुनावी भाषणमा पानीजहाज ल्याउने उद्घोष गरे । नारायणी नदीमा पानीजहाज ल्याएर ओलीले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट मुक्त गर्ने नारा पनि खुबै चर्काए ।

तर नारायणीमा यी पाँच वर्षमा केवल बाढी मात्रै आयो । पानीजहाज भने आएन । ओलीले भन्ने गरेका पानीजहाज स्टिमर होइनन् । जो नारायणीमा अहिले पनि पर्यटकलाई नदीमा सयर गराउन तैनाथ गरिएका छन् । स्थानीय व्यापारीले त्यसबाट राम्रो रोजगारी सिर्जना गरिरहेका छन् ।

पाँच वर्षअघि माओवादीको साथ पाएर हौसिएका ओलीले भाषणमा नेपाललाई कायापलट गर्न कुनै कसुर बाँकी राखेनन् । तर व्यवहारमा भने उनले केही पनि गर्न सकेनन् । स्थायित्वको प्रयास गर्दा उनको सरकार ३ वर्षमै ढल्यो । सरकार बचाउन उनले संसद् विघटन गरे । जसले गर्दा ओलीको अलोकप्रियता मात्रै होइन, संवैधानिक संकट ल्याउने नेताको परिचय बन्दा अहिले खुलेर बोल्नै सकिरहेका छैनन् ।

स्थानीय तहको चुनावमा देशैभर एमाले पहिलो दल बन्ने भनेर ओलीले खुबै भाषण गरे । तर ओलीले जहाँ जहाँ भाषण गरे, त्यहाँ त्यहाँ एमालेकै उम्मेद्वार हारे । त्यसैले यसपटक ओलीले कम्तीमा एमालेले देशैभर जित्छ भन्ने भ्रम छर्न छाडेका छन् ।

उनी मौन छन् । चुनावी भाषणमा सीमित मात्रै बोल्न थालेका छन् । पहिलेजस्तो ओलीले बोलेका हरेक कुराको समाचार बन्न पनि छाडेको छ । एक समय नेपालको विकास गर्ने सपना देख्ने नेता भन्दै ओलीले बोलेका हरेक कुराको चाखलाग्दो समाचार बन्ने गरेको थियो ।

तर अहिले त्यस्तो छैन । ओलीले बोलेको कुरा उनकै नेता कार्यकर्ताले पत्याउन छाडेका छन् । जसकारण एमाले फुटेर माधव नेपाल पक्ष अलग्गै छुट्टै पार्टी बनाएर चुनावी मैदानमा छ । पार्टी फुटेर आफ्नै पार्टीका नेताहरुसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने बाध्यताका कारण पनि ओलीलाई अफेठेरो छ ।

अहिले उनी केवल सत्ता गठबन्धनका नेताहरुतिर मात्रै बढी केन्द्रित भएर भाषण गर्न थालेका छन् । हिजोको दिनमा जस्तो अनेकौ हावादारी गफ दिन कम्तीमा ओलीले छाडेका छन् । आम मानिसलाई भ्रम छर्न छाडेर उनले वास्तविकता नियालेर बोल्न थालेको महसुस हुन थालेको छ ।

पाँच वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर देशभर चुनावी सभा गर्ने ओली यसपटक ‘भिजेको मुसो’ जसरी चुपचाप देखिन्छन् । उनी जहाँ जहाँ चुनावी भाषण गर्छन्, त्यहाँ केवल एमाले कार्यकर्ता मात्रै हुन्छन् । त्यो पनि सीमित घेरामा । जसले गर्दा ओलीलाई नै असहज बनाएको छ । विगतका दिनमा आफूले जे बोल्दा पनि त्यो मान्छेले रुचाउँछन् भन्ने ओली भ्रम तोडिएको छ ।

अहिले उनका कार्यकर्ताले खुलेर भन्न सकेका छैनन्, तर आम मानिसले प्रश्न गरिरहेका छन्, खोई कहाँ आयो रेल, कहाँ आयो पानीजहाज ? कहाँँ आयो समृद्धि ? कँहा देखियो नेपाली जनताको जीवनस्तर उठेको विकास ? यी यावत प्रश्नले गर्दा यतिबेला ओलीलाई चुनावी भाषणमा बहकिएर बोल्न पनि सकस छ ।

यद्यपी ओली सरकारका पालामा सामाजिक सुरक्षा कोषको सुरुवात, नेपालको चुच्चे नक्सा सार्वजनिक गर्ने ऐतिहासिक काम भएका थिए । तर ओलीले संसद् विघटन गरेर सत्तालोलुप प्रवृत्ति देखाउँदा आफ्नो सरकारको पालामा भएका ऐतिहासिक कामलाई पनि चुनावी नारा बनाएर भजाउन सकेका छैनन् । किनकी अब उनले जति नै नारा भजाएपनि जनताले सहजै पत्याउने अवस्था भने छैन ।

ओलीकै कारण आज दलहरु एक्लाएक्लै प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहेन । कांग्रेस, माओवादी र एमालेबाट फुटेर बनेको नेकपा समाजवादी मिलेर चुनाव लडिरहेका छन् । तर एमाले भने आफूलाई वृहस्पति भनेपनि एक्लै चुनावी मैदानमा होमिदा हार मात्रै हात लाग्ने अवस्थामा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ०७ बजे

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष