नर्वेमा संदिग्ध रुसी जासुस पक्राउ | Khabarhub Khabarhub

नर्वेमा संदिग्ध रुसी जासुस पक्राउ


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर्वेजियन प्रहरीले एक जना संदिग्ध रुसी जासुसलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार नर्वेको आन्तरिक सुरक्षा निकाय पीएसटीले विश्वविद्यालयमा अध्यापन गराउने ३० वर्षे मानिसलाई पक्राउ गरेको हो ।

नर्वेको ट्रोम्सो विश्वविद्यालयमा ब्राजिलियन अध्यापकको छद्म भेषमा अध्यापन गराउने रुसी नागरिकलाई पक्राउ गरिएको जनाइएको छ । ती अध्यापकको पहिचान भने गोप्य राखिएको छ । उनले आफू ब्राजिलियन अध्यापक भएको बताएपनि खासमा उनी रुसी भएको नर्वेजियन अधिकारीको दाबी छ ।

ती अध्यापकले ट्रोम्सो विश्वविद्यालयमा सन् २०२१ यता शोधकर्ताको रुपमा काम गरिरहेको बीबीसीले जनाएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेको रुसी राजदूतावासले भने स्थानीय सञ्चारमाध्यमलाई पक्राउ परेका व्यक्तिको पहिचान गर्न अस्वीकार गरेको बताइएको छ ।

‘आधारभूत राष्ट्रिय हितमा खतरा’ पहिचान गरी उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । नर्वेजियन प्रहरीका उपप्रमुख हेड्विग मोइले नर्वेका नीतिबारेका सूचना हात पारेको हुनसक्ने विषयमा अनुसन्धानकर्ताहरु चिन्तित बनेको टिप्पणी गरेकी छिन् ।

नर्वेजियन अधिराज्यका लागि खतरा नभएपनि रुसले उक्त सूचनाको दुरुपयोग गर्नसक्ने उनले बताइन् । अदालतले उनलाई चार सातासम्मका लागि हिरासतमा राख्ने अनुमति दिएको छ ।

शीतयुद्धका बेला तत्कालीन सोभियत संघको कुख्यात जासुसी निकाय केजीबीले आफ्ना जासुसहरुलाई नक्कली पहिचान दिएर विदेशी भूमिमा खटाउने गरेको थियो । वर्तमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केजीबीको त्यस किसिमको जासुसी अभियानलाई पुनजागृत गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ११ बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०