सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक  « Khabarhub

सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक 


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तारा अधिकारीको लेखन र निर्देशन गरेको सट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । फिल्ममा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।

रोगले ग्रस्त बाबुको परदेशिएका छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबैजनाको सुःख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य फिल्ममा छ ।

फिल्ममा सुवास गजुरेल, हिउँवाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । फिल्ममा बाबुराम निरौलाको सहायक निर्देशन, शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र प्रदीप श्रेष्ठको पाश्र्व संगीत छ । निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो फिल्म चन्द्र विनायक फिल्मसमा पोस्ट प्रोडक्सन गरिएको हो ।

गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु फिल्म हो । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ३४ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी