युक्रेनमाथि संयुक्त आक्रमणको त्रासबीच रुसद्वारा बेलारुसमा पुनः सैनिक तैनाथ « Khabarhub

युक्रेनमाथि संयुक्त आक्रमणको त्रासबीच रुसद्वारा बेलारुसमा पुनः सैनिक तैनाथ


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्ना फौजलाई छिमेकी मुलुक बेलारुसमा तैनाथ गरेको छ । युक्रेनको उत्तरी सीमाबाट रुस र बेलारुसले संयुक्त रुपमा आक्रमणको तयारी गरिरहेको आशंकाबीच रुसले बेलारुसमा हजारौँ सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यससँगै युक्रेनी सेनाले आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसविरुद्ध चेतावनी जारी गरेको छ । युक्रेनी सेनाले भिडियो सार्वजनिक गर्दै आफ्नो मुलुकमाथि आक्रमण नगर्न बेलारुसलाई चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि गत फेब्रुअरीको अन्तिम सातामा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा पनि रुसी फौज बेलारुसबाट उत्तरी युक्रेनमा प्रवेश गरेका थिए । पछिल्लो समय रुसी फौज पुनः बेलारुस प्रवेश गरेको समाचार सार्वजनिक भएसँगै फेरि रुसले बेलारुसी सेनासँग मिलेर युक्रेनको उत्तरी सीमाबाट आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको जनाइएको छ ।

‘तपाईहरुको नेतृत्वले बेलारुसलाई यो फोहोरी युद्धमा होमेर मृत्यु र रगतले लतपताउने योजना बनाइरहेका छन् ।’ युक्रेनी सेनाले जारी गरेको भिडियोमा उल्लेख गरिएको छ, ‘यदी बेलारुसी सेनाले रुसी आक्रमणको साथ दिएमा हामी हाम्रो सम्पूर्ण हतियारले जवाफ दिनेछौँ ।’

युक्रेनको दक्षिणी सहर खेर्सन र डोनबास क्षेत्रमा जारी युद्धमा रुसी सेनाले अनपेक्षित रुपमा कमजोर प्रदर्शन गरिरहेका बेला उत्तरी युक्रेनबाट रुस र बेलारुसले पुनः आक्रमण गर्नसक्ने आशंका उत्पन्न भएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोसमक्ष रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो मुलुकलाई साथ दिन दबाब दिइरहेको बीबीसीले जनाएको छ । यद्यपि लुकासेन्को युक्रेनमा जारी असफल युद्धमा रुसलाई साथ दिने मनस्थितीमा नरहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ०९ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई