देउसीभैलो खेल्दै भोट माग्दै कञ्चनपुरका उम्मेदवार « Khabarhub

देउसीभैलो खेल्दै भोट माग्दै कञ्चनपुरका उम्मेदवार


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक पनि देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा (एमाले) राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहेका छन् । घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताए । “घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ”, उनले भने, “तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ ।” उनले जनतासँग रमाउँदै मत मागिरहेको बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका भीमदत्तनगर अध्यक्ष करन पालले पनि उम्मेदवारहरूले देउसीभैलोको सदुपयोग गरिरहेको बताए । “अहिले उम्मेदवारहरूले देउसीभैलो कार्यक्रममा सहभागी भएर आफ्ना कुरा जनतासमक्ष राख्ने र मत दिन आग्रह गरिरहेका छन्”, उनले भने, “देउसीभैलोमा सहभागी हँुदै घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ ।” निर्वाचन नजिकिँदै गर्दा अरु उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : २० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद