चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु « Khabarhub

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो ।

‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ । घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ । कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् ।

यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए । अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४४ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज