‘जनताका विकासका अपेक्षा पूरा गर्छु’ « Khabarhub

‘जनताका विकासका अपेक्षा पूरा गर्छु’


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा (एमाले) का उपाध्यक्ष तथा रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै उनले भने, ‘रूपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।’

उनले रूपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताए । 

आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रूपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रूपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आएका छन् । 

उनले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रूपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गरे ।

पहिलो पटक विसं २०५१ को संसदीय चुनावमा पाल्पा क्षेत्र नं नं ३ बाट विजयी उनी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा रूपन्देहीबाट निर्वाचित भएका छन् । यसअघि विसं २०७४ को संसदीय निर्वाचनमा पनि उनी रूपन्देही क्षेत्र नं २ बाट नै निर्वाचित भएका थिए । उनले अर्थ, गृहलगायतका मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकता भई नेकपा बनेपछि नेकपाको महासचिवको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए ।

    

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : २५ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज