‘जनताका विकासका अपेक्षा पूरा गर्छु’ « Khabarhub

‘जनताका विकासका अपेक्षा पूरा गर्छु’


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा (एमाले) का उपाध्यक्ष तथा रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै उनले भने, ‘रूपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।’

उनले रूपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताए । 

आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रूपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रूपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आएका छन् । 

उनले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रूपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गरे ।

पहिलो पटक विसं २०५१ को संसदीय चुनावमा पाल्पा क्षेत्र नं नं ३ बाट विजयी उनी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा रूपन्देहीबाट निर्वाचित भएका छन् । यसअघि विसं २०७४ को संसदीय निर्वाचनमा पनि उनी रूपन्देही क्षेत्र नं २ बाट नै निर्वाचित भएका थिए । उनले अर्थ, गृहलगायतका मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकता भई नेकपा बनेपछि नेकपाको महासचिवको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए ।

    

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : २५ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको