प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत « Khabarhub

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो ।

खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ सय ४५, एकीकृत समाजवादीलाई तीन हजार ३६, जसपालाई दुई हजार दुई सय ४८, राप्रपालाई एक हजार दुई सय ५५ मत प्राप्त भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हजार चार सय ९७ मत पाएको छ । 

आमूल परिवर्तन मसिहा पार्टीलाई एक सय ५३, मंगोल नेशनल अर्गनाइजेसनलाई एक सय  २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको तीन, नेपाल समावेशी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशीलको ९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको आठ, राष्ट्रिय नागरिक पार्टीको दुई मत आएको छ । 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : ३५ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी