यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद « Khabarhub

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जित निकालेको छ । कर्णाली प्रदेशमा एमाले निल हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जित निकालेको छ ।

प्रदेश नम्बर १ बाट झापा ५ – केपी शर्मा ओली, झापा २ – देवराज घिमिरे, ताप्लेजुङ – योगेश भट्टराई, सोलुखुम्बु – मानवीर राई, धनकुटा – राजेन्द्र राई, झापा ४ – एलपी साँवा लिम्बू, उदयपुर २ – अम्बरबहादुर रायमाझी, पाँचथर–बसन्तकुमार नेम्वाङ र मोरङ–२  बाट ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

यसैगरी मधेश प्रदेश मा पर्सा ३ – राजकुमार गुप्ता, सिरहा १ – राम शंकर यादव, धनुषा ३– जुली कुमारी महतो, सर्लाही ३– हरि उप्रेती, बारा १–अच्युत मैनाली ,बारा ३– ज्वाला कुमारी साह र सिरहा ३ – मा लीलानाथ श्रेष्ठ निर्वाचित भएका हुन् ।

बागमती प्रदेशबाट काठमाडौं ९ – मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् भने ललितपुर २ – प्रेमबहादुर महर्जन, मकवानपुर २ – महेश कुमार बर्तौला, काभ्रे २ – गोकुल बाँस्कोटा विजयी भएका हुन् ।

गण्डकी प्रदेशबाट कास्की २ – विद्या भट्टराई, पर्वत – पदम गिरी, लमजुङ – पृथ्वी सुब्बा गुरुङ, कास्की ३–दामोदर बैरागी पौडेल, कास्की १ – मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट गुल्मी २ – गोकर्ण विष्ट, अर्घाखाँची – टोपबहादुर रायमाझी,  प्युठान– सूर्य थापा, रुपन्देही ५ – बासुदेव घिमिरे, बाँके १ – सूर्य ढकाल, कपिलवस्तु १–बलराम अधिकारी, पाल्पा १ – ठाकुर गैरे, पाल्पा २ – नारायणप्रसाद आचार्य, कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता, रुपन्देही–२ विष्णु प्रसाद पौडेल, रुपन्देही–१ छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

र सुदूरपश्चिम प्रदेशबाट कन्चनपुर १– तारा लामा तामाङ र बैतडीबाट दामोदर भण्डारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : २० बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार