जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा निर्वाचित « Khabarhub

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला– एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् ।  प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत -१(१) मा स्वतन्त्र उम्मेदवार र २ (२) मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी भएका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गरे । शाहीले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गौतमले ११ हजार नौ सय ५९ मत आएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । 

त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरे । त्यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेको  निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले बताए । जिल्लाको कूल ६८ हजार ६ सय ३८ मतदातामध्ये जम्मा खसेको ४५ हजार दुई सय ८४ मत थियो । खसेको कूल मतमध्ये दुई हजार चार सय ७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाइले सात हजार आठ सय २६ मतले निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास बाहलवाला मन्त्री पदमबहादुर रोकायाले छ हजार सात सय १५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भए । कांग्रेसका बागी उम्मेदवार शाहीले नौ हजार छ सय ५४ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरे । एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेका छन् । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मत अन्तरले पराजय भएका थिए। कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ५ : २८ बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८