बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी « Khabarhub

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् ।

सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ क्षेत्रमा मुस्लिम उइगुर अल्पसंख्यकहरूप्रति चीनले गरेको व्यवहारलाई लिएर उनीहरूले ‘झूट र गलत सूचना’ फैलाएको आरोप लगाएको छ ।

प्रभावित हुनेमा सन् २०१६ सम्म सुरक्षामन्त्री टम टुगेनधाट र पेन्सनमन्त्री इयान डंकन स्मिथ रहेका छन् । ‘मैले त्यो मुद्दा उठाएको थिएँ र चिनियाँहरू प्रतिक्रियामा पूर्ण रूपमा स्पष्ट छन्, प्रतिबन्धहरू अब लागु हुँदैनन् । राष्ट्रपति सीले मलाई भन्नुभयो कि यसको मतलब सबै सांसदहरूलाई स्वागत छ,’ स्टार्मरले एक बेलायती टेलिभिजनसँगको अन्तर्वार्तामा भने ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग आर्थिक सम्बन्ध बढाउनका लागि चीन भ्रमणका क्रममा उनले भने, ‘यसले के देखाउँछ भने यदि हामी वार्ता र सहकार्यलाई जारी गर्‍यो भने अप्ठ्यारा मुद्दाहरू पनि उठाउन समाधान गर्न सकिन्छ ।’

स्टार्मरको भ्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका थिए भने यसको बेलायतमा समेत आलोचना भएको थियो ।

बेइजिङमाथि सन् २०१७ देखि १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिमहरूलाई हिरासतमा राखेको आरोप लगाइएको छ, जुन प्रमाणित भएमा संयुक्त राष्ट्र संघले ‘मानवता विरुद्धको अपराध’ मान्नसक्ने अभियानको एक हिस्सा हो।

चीनले आफ्नो नीतिले सिन्जियाङमा अतिवादलाई जरैदेखि उखेलेको र आर्थिक विकासलाई बढावा दिएको भन्दै आरोपको कडा खण्डन गर्दै आएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : १३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ