'एमालेलाई तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्य बोकेको गठबन्धन पराजित' | Khabarhub Khabarhub

‘एमालेलाई तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्य बोकेको गठबन्धन पराजित’


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि-थिंक’गर्ने अवस्थामा पुर्‍याएको बताएका छन् । खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईबाट दुई हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणामले ठूला दल सामु ठूलो चुनौती खडा गरिदिएको बताएका हुन् ।

 ‘निर्वाचन परिणामले ठूला दललाई ठूलो चुनौती खडा गरिदिएको छ । मुलुकलाई केही महत्वपूर्ण सन्देश दिएको छ,’ भट्टराईले भने, ‘रातारात बनेका र रातारात उम्रिएका शक्तीहरु यो निर्वाचनमा राम्रै सिट संख्या सहित उपस्थित हुने कुराले एकपल्ट राष्ट्रिय राजनीतिमा ठूला पार्टीले आफुलाई रि–थिंक गर्नुपर्ने ठाउँमा पुर्‍याएको छ ।’

एमालेका प्रमुख सचेतक रहिसकेका भट्टराईले एमालेलाई दोश्रोबाट तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्यमा गठबन्धन दल पराजित भएको उल्लेख गरे । निर्वाचन परिणाम अनुसार गठबन्धनको एकल बहुमत प्राप्त हुने अवस्था नदेखिएकाले गठबन्धन दलले राखेको उद्देश्य पुरा नभएको भट्टराईको टिप्पणी थियो । ‘आज गठबन्धन सम्पूर्णरूपले आफ्नो उद्देश्यबाट पराजित भएको छ ।’ जे उद्देश्य थियो त्यो सम्पूर्ण रूपले पुरा हुने अवस्था देखिएन, उनले भने, ‘किनभने गठबन्धनसँग एकल बहुमतको सम्भावना देखिएको छैन । गठबन्धनले राष्ट्र निर्माण गर्दैन भन्ने एमालेको दृष्टिकोण सही प्रमाणित भएको छ ।’

प्रत्यासी भट्टराईले खोटाङमा गठबन्धनको विजय आश्चर्यजनक नभएको टिप्पणी गरे । उनले घेराबन्दीका बिचमा एमालेलाई सम्मानजनक मत प्राप्त भएको बताए । ‘स्थानीय तहको चुनावमा एमालेको मत धेरै तल थियो । एमालेले आफ्नै मतले चुनाव जित्ने अवस्था थिएन । त्यस्तो अवस्थामा हामीले मत वृद्धि गरेका छौँ,’ भट्टराईले भने, ‘हिनताबोध बोक्नुपर्ने अवस्था छैन । खोटाङमा असाध्यै ठूलो माया पाएँ । धेरैपल्ट निर्वाचन लड्दा पनि सम्मानजनक मत पाउने कुरा महत्वपूर्ण हो । धेरै मान्छेको मुखमा एक भोट त दिनैपर्छ भन्ने थियो । बिशाल भट्टराई जत्तिको नेता कहाँ छन् र यहाँ  इमानदार छ, निष्ठावान् छ, काम गरेको छ भनेर धेरैले सहामुभुतीको मत दिनुभएको छ ।’

 भट्टराईले विपक्षी दलले आफूलाई जवरजस्त किरात राज्य विरोधीको ट्याग लगाएको दावी गरे । प्रदेशको नामाकरणमा प्रतिनिधिसभा सदस्यको कुनै भूमिका नहुने भए पनि अन्य दलले ‘बिशाल भट्टराई’कै कारण नामाकरण हुन नसकेझैं गरी ‘इस्यू’ बनाएको बताए । ‘बिशाल भट्टराई किरात राज्यको विरुद्ध उभियो भनियो । म प्रतिनिधिसभा सदस्य हो । यसमा मेरो केही भूमीका हुन्नरथिएन । तर कोसीमा किरात जोड्दा पनि हुन्छ, सगरमाथामा किरात जोड्दा पनि हुन्छ भनेको हो,’ उनले भने, ‘हुँदै नभएको इस्यू उठाइयो । प्रतिनिधिसभाको मान्छेले किरात राज्य बन्न दिँदैन भन्ने कुरा घर–घरमा पुर्‍याउने काम भयो । न त्यो प्रतिनिधिसभाको कार्यभार हो न म प्रदेशसभामा लड्दै थिएँ ।’

 उनले जिल्लाको विकास र समृद्धिका लागि नागरिकसँगै रहेर काम गर्ने बताए । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : २७ बजे

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा

भारतबाट दशैँ मनाउन दुई लाख बढी नेपालगञ्ज नाका हुँदै घर फर्किए

राँझा – रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख

चंगा‍‍ चेट ! (तस्बिरहरु)

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन